मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोषण तथा खाद्य सुरक्षामा भएका कामको समिक्षा सकियो

पोषण तथा खाद्य सुरक्षामा भएका कामको समिक्षा सकियो


अछाम : मंगलसेन नगरपालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नगरप्रमुख तथा समितीका संयोजक पदम बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले बहुक्षेत्रिय पोषण कार्यक्रमलाई स्विकृत गर्ने, हालसम्म बहुक्षेत्रिय पोषणमा भएका उपलब्धीको समिक्षा गर्ने, बहुक्षेत्रिय पोषण कार्यक्रम कार्यान्वयनका लागी सम्पर्क ब्यक्ति तोक्ने र आगामी आर्थिक बर्ष २०७७/०७८ को कार्ययोजना निर्माण लगाएतका प्रस्ताबमा छलफल गर्दै निर्णय समेत पारित गरिएका छन ।

कार्यक्रमका अध्यक्ष नगरप्रमुख बोहराले पोषणका क्षेत्रमा थुप्रै कार्यक्रम भएकाले अब उपलब्धी तिर उन्मुख हुनुपर्ने बताउनु भयो । पोषण जस्तो महत्वपुर्ण कुरा हरेक ब्यक्तिलाई आवश्यकता रहेकाले सबैले यसमा जोड दिनु पर्ने बताए ।

बैठकमा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुशासन, खानेपानी, शिक्षा, कृषि, पशु, महिला तथा बालबालिका र स्वास्थ्य क्षेत्रमा रहेको बजेटका बारेमा जानकारी गराईएको थियो । प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले बैठकमा कार्यक्रमको उद्देश्य र स्वागत राख्नु भएको छलफलको सहजीकरण तथा प्रस्तुतीकरण सुआहाराका कार्यक्रम संयोजक लोक बहादुर नेपाली, फिल्ड संयोजक सेत बहादुर भुलले राखेका थिए ।

बैठकमा उपप्रमुख सरिता उपाध्याय, कार्यपालिका सदस्य, सबै वडाका वडा अध्यक्ष, बिषयगत शाखा प्रमुखको सहभागीता रहेको कार्यक्रमको संञ्चालन सुशासन शाखा प्रमुख नरेश बहादुर कठायतले गरेका थिए ।