मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोप कार्यकर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम विनायकमा सम्पन्न

खोप कार्यकर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम विनायकमा सम्पन्न


अछाम : पूर्ण खोप सुनिश्चितता दिगोपना तथा सरसफाई प्रर्वद्धन सम्बन्धी खोप कार्यकर्ताहरु संग अन्तरक्रिया कार्यक्रम पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने उदेश्यले उक्त कार्यक्रम स्वास्थ्य चौकी विनायकमा सम्पन्न भएको हो । पञ्चदेवल विनायक नगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा उपप्रमुख अम्बिका चलाउनेका अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न पश्चात बोल्दै नगर उप प्रमुख चलाउनेले सरकारका निती अनुसार कुनै पनि बालबालिकालाई खोप लगाउन बन्चित नगराउन स्वास्थ्यकर्मीलाई आग्रह गरिन । खोप सम्बन्धि आफु भन्दा पनि स्वास्थ्यकर्मीहरु बढी जानकार भएकाले यसको प्रभाव तथा महत्व बारे सबै वडाका स्वास्थ्य इन्चार्ज बढी जानकार हुनुपर्ने बताए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बालबालिकाका लागी खोप अनिवार्य भएकाले कोहि कसैलाई पनि खोपबाट बन्चित नगराउन आग्रह गरे ।

मानिसको आधारभुत आवश्यकता स्वास्थ्य भएकाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चि गर्न स्वास्थ्य सेवा साखा बाट कुनै पनि कसुर बाँकी नराख्ने समेत बताए । यस्तै अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले बैशाख भित्र १६ देखी १८ महिनाका बालबालिकालाई खोप लगाई पञ्चदेवल विनायक नगरपालिकालाई पूर्ण खोप स्वास्थ्य सुनिश्चित गरिसक्ने बताए ।

पञ्चदेवल विनायक नगरपालिकाका स्वास्थ्य सेवा साखा संयोजक लक्ष्मीकान्त बजगाईँले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा साखा सह संयोजक जनक बुढाले गर्नु भएको हो ।