मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले बोलाए आकिस्मक मन्त्रिपरिषद् बैठक

ओलीले बोलाए आकिस्मक मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

आज (सोमबार) ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि आइतबार बोलाएको बैठकले संसद् अधिवेशन आह्वान गर्ने र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने निर्णय भएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले बेलुका नै संसद् आह्वान गरिसकेकी छन् ।