मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभासभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

राष्ट्रियसभासभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?


काठमाडौं । यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिमा सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार–प्रसार गर्न नहुने, समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगले जनाएको छ ।

“यस अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्ज तथा प्रचार–प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने, उमेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लिखित आचरणहरु पालना गर्न/गराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।