मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता गगन थापाले सुरु गरे नि:शुल्क यातायात सेवा

कांग्रेस नेता गगन थापाले सुरु गरे नि:शुल्क यातायात सेवा


काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थाले नि:शुल्क यातायात सेवा सुरु गरेका छन्।

कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा रहेका, अस्पताल जान-आउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान समस्या भएकाहरूलाई सहयोग पुग्नेगरी काठमाडौं क्षेत्र नम्बर ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरिएको उनले बताए।

उनले ९८५१०९६३०३, ९८५१०७२१२९ वा ९८५१०७२१२९ मा सम्पर्क गरेर सहज रुपमा सवारी पाउन सक्ने जनाएका छन्। यसका साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिने उनले बताएका छन्।