मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति तानाशाही प्रधानमन्त्रीको किन सहयोगी बनेको ? : रामचन्द्र पौडेल

राष्ट्रपति तानाशाही प्रधानमन्त्रीको किन सहयोगी बनेको ? : रामचन्द्र पौडेल


काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने भएको छ । त्यसको तयारी भइरहेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए ।

उनले प्रधानमन्त्रीको यो कदमलाई जालसाजीपूर्ण भनेका छन् ।

“यो एकाएक आएको होइन, अस्ति बेलुकादेखि तानाबाना बुनिँदै थियो । यो अहिलेको मात्रै घटना होइन । सुरुदेखि नै यो संसद फाल्ने, परिवर्तनलाई उल्ट्याउने, संविधान फाल्ने, समावेशी लोकतन्त्रलाई सिध्याउने गरिएको थियो, यो त्यसैको निरन्तरता पनि हो,” उनले भने ।

उनले अहिलेको अवस्थामा कसरी चुनाव हुन सक्छ भन्दै प्रश्नसमेत गरे ।

“हामी कानुनी र राजनीतिक लडाईं लड्छौं । शव गाड्न जनताले साथ पाएका छैनन् । आर्यघाटमा शव जलाउन सकिने अवस्था छैन,” उनले भने, “जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?”

उनको आक्रोश राष्ट्रपतिप्रति पनि थियो ।

“राष्ट्रपतिले जसरी अभिभावकको भूमिका खेल्नुपर्थ्यो, त्यो हुन सकेन । खोई संविधानको माया ? प्रधानमन्त्री त म नभएपछि कोही हुँदैन भन्ने लाइनमा थिए । उनी तानाशाही बाटोमै थिए, राष्ट्रपति किन सहयोगी बनेको ?,” उनको प्रश्न थियो ।