मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली कदमको भर्त्सना गर्दै माधव नेपालले भने- यो प्रतिगमनको भाग २ हो

ओली कदमको भर्त्सना गर्दै माधव नेपालले भने- यो प्रतिगमनको भाग २ हो


काठमाडौं – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत् आज उनले भनेका छन्, ‘प्रतिगमन दोहोरिएको छ, संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो।’

उनले यो व्यवस्था नै कु गर्ने अग्रसरता भएको बताएका छन्। ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !,’ उनले लेखेका छन्।