मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यातियो : शेखर कोइराला

राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यातियो : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले मध्यरातमा संविधान पुनः च्यातेको बताएका छन् । राष्ट्रपतिको  कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको उनले बताएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिँदै लेखेका छन्, “आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो ।

राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ ।”