मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपक्षी दलहरूको संयुक्त बैठक बस्दै, आगामी रणनीति तय गरिने

विपक्षी दलहरूको संयुक्त बैठक बस्दै, आगामी रणनीति तय गरिने

सुदूर आज

काठमाडौं – प्रतिनिधिसभा विघटन गरिएपछि आगामी रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक बस्दै छ। आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्न लागेको हो। 

त्यसअघि दलहरू आन्तरिक छलफल गरिरहेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो।