मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली कदमविरुद्ध राजनीतिक र कानुनी उपचारमा कांग्रेस

ओली कदमविरुद्ध राजनीतिक र कानुनी उपचारमा कांग्रेस


काठमाडौं– राष्ट्रपतिको कदमविरुद्ध नेपाली कांग्रेसले राजनीतिक र कानुनी उपचार खोज्ने भएको छ। यस विषयमा समीक्षा गर्न केही बेरमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ। 

यसपछि अन्य राजनीतिक दलसँग औपचारिक–अनौपचारिक छलफल तय गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। प्रवक्ता शर्माले भने, ‘राष्ट्रपति र केपी ओलीले चुनाव गराउन घोषणा गरेका होइनन्, त्यसैले उनीहरुको विकल्प खोज्नुपर्छ। हामी राजनीतिक र कानुनी पक्षबारे व्यापक छलफल गर्छाैं।’

संसद् भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने कदमको सत्तारुढ एमालेसहित प्रतिपक्षी दलहरूले कडा विरोध गरेका छन्। उनीहरूले अब ओली कदमविरुद्ध डटेर प्रतिवाद गर्ने चेतावनी दिएका छन्। यसै विषयमा विभिन्न दलसँग छलफल गरी आगामी रणनीति तय गरिने शर्माले बताए। उनले भने, ‘हामी कानुनी उपचारमा पनि जान्छौं। यसका लागि कानुन व्यवसायीहरु भोलि अदालत जानु हुनेछ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गरेका केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी खारेज गरिदिएकी थिइन्। यसपछि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। केही बेरमै राष्ट्रपति उक्त सिफारिस सदर भएको थियाे।