मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपालसहित ११ जनालाई एमालेले आज स्पष्टीकरण पत्र पठाउँदै

माधव नेपालसहित ११ जनालाई एमालेले आज स्पष्टीकरण पत्र पठाउँदै


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल  र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ । आज स्पष्टिकरण पत्र पठाइने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेले खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।