मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ९० जनाले सगरमाथा आरोहण गरे, अन्य शिखरतर्फ

आज ९० जनाले सगरमाथा आरोहण गरे, अन्य शिखरतर्फ


काठमाडौं । दशदिन पछि सगरमाथा आरोहणका लागि मौसम अनुकूल भएपछि ९० जनाले सफल आरोहण गरेका छन् ।

आइतबार विहानदेखि यो समाचार तयार पार्दासम्म ९० जनाले सगरमाथाको सफल आरोहण गरेको जानकारी आएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताइन् ।

उनका अनुसार आज र भोलिका लागि टार्गेट गरेर करिब २५० जना आरोही सगरमाथा शिखरतर्फ जाँदै गरेका छन् । “आज विहानदेखि ९० आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेको जानकारी आएको छ,” उनले भनिन्, “दिउँसोसम्ममा थप आरोहीले सगरमाथाको आरोहण गरेको जानकारी आउँछ ।”

यो सिजनका लागि ४०८ जनाले सरमाथा आरोहणका लागि अनुमति पाएका थिए । त्यसमध्ये यसअघि नै करिब १५० जनाले सफल आरोहण गरिसकेका छन् । आचार्यका अनुसार सगरमाथाको फस्ट विन्डोमा करिब ७५ जना नेपाली र करिब ७५ जना विदेशीले सफल आरोहण गरिसके ।  

मे १३ पछाडी २३ र २४ मा पोजेटिभ वेन्डो देखिएकाले आरोही सगरमाथाको शिखरतर्फ जाने क्रम जारी रहेको उनले बताइन् ।