मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा २० जनाले लगाए दोश्रो चरणको कोभिशिल्ड

बयालपाटा अस्पतालमा २० जनाले लगाए दोश्रो चरणको कोभिशिल्ड


अछाम । बयालपाटा असपतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीले दोश्रो चरणको खोप लगाएका छन् ।

यसअघि छुटेका २० जनाले आज दोश्रो चरणको खोप पुरा गरेका अस्पतालले जनाएको छ । साँफेबगर नगरपालिका बाट प्राप्त कोभिसिल्ड खोप ११ जना पुरुष र ९ जना महिलाले लगाएका हुन् ।

लगाउन छुटेका २० जनाले आज दोश्रो चरणको खोपको मात्रा पुरा गरेका हुन् ।

७ जना स्वास्थ्यकर्मी, ३ जना अन्य कर्मचारी, १ जना महिला स्वास्थ्य स्वयम सेविका, २ जना सफाईकर्मी र ४ जना शब व्यावस्थापनमा खटिने र अन्य सुरक्षाकर्मी रहेका बरिष्ठ हेल्थ असिष्टेण्ट छत्र साँउदले बताए ।