मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघिय लोकतान्त्रीक गणतन्त्र र संबिधान रक्षाका लागि कांग्रेस अछाम जस्तो सुकै संघर्ष गर्न तयार छ

संघिय लोकतान्त्रीक गणतन्त्र र संबिधान रक्षाका लागि कांग्रेस अछाम जस्तो सुकै संघर्ष गर्न तयार छ


ओली सरकारबाट प्रतिनिधी सभाको हत्या गरी संबिद्यानको बर्खलाप हुने काम भयो : कांग्रेस अछाम”

अछाम। नेपाली कांग्रेस अछामले यहि जेठ ७ गते रातीको विकसित नेपाली राजनितिक घट्ना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदैँ असंबैधानिक कार्यको घोर र्भत्सना एवंम निन्दा गरेको छ ।

केपी शर्मा वली नेतृत्वको सरकार गठन पछि देशमा गैरसम्बैधानिक, अलोकतान्त्रीक हुदैँ लोकतानत्रीक मुल्य मान्यताको अवमुल्यन, बिधि र पद्यतीको वेवास्ता तथा संसदिय पद्धतीको खिल्ली उठाउने काम भएको कांग्रेस अछामले जनाएको छ ।

ओलीले संबिद्यान समाप्त गर्ने खेल खेलिरहेको कांग्रेस अछामको आरोप

आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस अछामले मध्यरातमा मन्त्री परिषदको बैठक बसी प्रतिनिधी सभाको हत्या गरी संबिद्यानको बर्खलाप हुने काम ओली नेतृत्वको सरकारले प्रमाणीत गरको कांग्रेस अछामले ठहर गरेको छ । पदको चरम दरुपयोग गरी संबिद्यान समाप्त गर्ने र लोकतान्त्रीक गणतन्त्रलाई नै चुनौती दिने काम ओली सरकारले गरको भन्दै कांग्रेस अछामले आपत्ती जनाएको छ ।

नेपालको संबिधान बमोजिम १ सय ४९ जना माननियको हस्ताक्षर सहित प्रधानमन्त्री पदका लागि दाबी गरेका पार्टीका सभापती शेर बहादुर देउवालाई तत्काल नियूक्त गर्नुपर्नेमा राष्टपतीले त्यो अस्विीकार गरी पुनः केपी ओलीलाई नै निरन्त्रता दिनु असंबैधानिक मात्र नभई अनैतिक पनि भएको कांग्रेस अछामले ठहर गरेको छ ।

संबिधानको भावना मर्म बिपरित माननिय केपी ओलीले प्रधानमन्त्रीमा दाबी गर्न नसक्ने प्रष्ट व्यावस्था हुदाहुदैँ पनि गैरसंबैधानिक तरिकाले दाबी गर्नु संीबधानको खिल्ली उडाउन काम भएको कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

संघिय लोकतान्त्रीक गणतन्त्र र नेपालको संबिधान रक्षाका लागि सरकारको यस कदम बिरुद्ध जस्तो सुकै सर्घष गर्न समेत तयार रहेको कांग्रेस अछामले बिज्ञप्ती मार्फत जनाउ दिएको छ ।