मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्टेलियाबाट दामोदर रावलले गरे बयालपाटा अस्पताललाई २५ हजार आर्थिक सहयोग

अष्टेलियाबाट दामोदर रावलले गरे बयालपाटा अस्पताललाई २५ हजार आर्थिक सहयोग


अछाम । जिल्लाको साँफेबगर वडा नं. ६ जन्मथलो भई कोटेश्वर काठमाण्डौँ बस्दै आउनु भएका दामोदर रावलले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

राजबहादुर र सत्यदेवी रावलका छोरा हाल अष्टेलियामा रहेका समाजसेवी रावलले बयलापाटा अस्पतालका लागि २५ हजार १ रुपयाँ अािर्थक सहयोग गरेका छन् ।

देश कोभिड १९ ले आक्रान्त भएका बेला स्वास्थ्यकर्मी र अस्पतालले जनतालाई उपचार गरेर सेवा दिईरहेको भन्दै आर्थिक सहयोग गरेको रावलले सुदूरआजलाई बताए ।

अछाम जिल्लामा बयालपाटा अस्पतालले बिरामीहरुलाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिहरेको र हाल कोरोना संक्रमित बिरामीको पनि उपचार गरिरहेको भन्दै उपचारमा टेवा पुगोस् भनेर सहयोग गरेको उनले बताए ।

बिपतीका बेला आर्थिक सहयोग गरेको भन्दै बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले रावललाई धन्यवाद दिएका छन् । अहिलेको परिस्थितीमा यस्तै मनकारीहरुको सहयोगको खाँचो रहेको डा. पाठकले औल्याए ।

कोरोना जितेपछि अस्पताललाई ५५०० सहयोग ।

यस्तै कोरोना संक्रमित भई बयालपाटा अस्पतालमा उपचार गराईरहेका साँफेबगर नगरपालिका पातलकोटका कृष्ण कामीले समेत आर्थिक सहयोग गरेका छन् ।

कोरोना जितेर घर फर्केका उनले आफुलाई सञ्चो भएको भन्दै खुशीले ५ हजार ५ सय आर्थिक सहयोग गरेका छन् ।

कोरोना महामारीले आफु पनि अछुतो रहन सकिएन् यसबेला अस्पताल र स्वास्थ्यकर्मी खटेर उपचारमा संलग्न भएको देख्दा खुशीले मन थाम्नै सकिएन उनले भने थोरै भएपनि टेवा पुगोस् भनेर सहयोग गरेको छु ।