मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यमनबाट नेपालीलाई डा. गोविन्द केसीको नोट

यमनबाट नेपालीलाई डा. गोविन्द केसीको नोट


म हालसाल नेपालमा नभएको सार्वजनिक गर्न इच्छुक थिइन किनकी म नभएको मौका छोपेर माफिया, डन नेताहरुले गलत निर्णय गर्न सक्छन् वा हाम्रा अहिले सम्मका उपलब्धीहरु उल्ट्याउन सक्छन्।

म अहिले एक महिना यता गृहयुद्धले ध्वस्त अरबी मुलुक यमनको दुगर्म गाउँमा स्वयम सेवा गरिरहेका छु । एक साता मात्रै भयो, नेपालमा कोरोना महामारीको दोस्रो लहरले विनाश मच्चाइरहेको खबर पाँए ।

म एकदमै दुःखी छु, म चाहन्छुु म यतिबेला नेपालमै हुनुपर्ने थियो, नेपालको यस्तो अवस्था थाहा पाउनेवित्तिकै फर्कने निर्णय पनि गरेको हुँ। यस्तो संकटमा नेपालमै रहेर केही न केही गर्ने चाहन्थें ।

तर, दुभाग्र्यवश नेपाल जाने फ्लाइट नै नभेटिने अवस्था भयो, यमनमा पनि लामो समयदेखि हवाई सम्पर्क छैन ।

म यमनमा रहे पनि मेरो मन नेपालमै छ। म चाहन्छु, आशा गर्छु र विश्वस्त छु कि हामी नेपालीहरु अत्यन्त साहसपूर्वक कोभिड परास्त गर्न सक्षम हुनेछौं । उडान सम्भव हुनेवित्तिकै म नेपाल आइहाल्छु।