मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड रोकथाम र नियन्त्रणका लागि छिमेक लघुबित्त बित्तिय संस्थाको आर्थिक सहयोग

कोभिड रोकथाम र नियन्त्रणका लागि छिमेक लघुबित्त बित्तिय संस्थाको आर्थिक सहयोग


अछाम । छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड साँफेबगर शाखाले साँफेबगर नगरपालिका र बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेको छ । संस्थाले नगरलाई २० हजार र असपताललाई १० हजार आर्थिक सहयोग गरेको हो ।

लघुबित्त संस्थाले कोरोना माहामारी रोकथाम र नियन्त्रणमा राहत पुगोस् भनेर आर्थिक सहयोग गरेको संस्थाका साफेबगर प्रमुख देबेन्द्र थापाले बताए ।

संस्थाको सहयोगले थोरै भएपनि कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले बताए । यस्तै बयालपाटा असपतालका मेडिकल निर्देशक डा. मन्दीप पाठले संस्थालाई आर्थिक सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

यस्तै छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड मंगलसेन शाखाले पनि मंगलसेन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । संसथाले २५ हजार आर्थिक सहयोग गरेको र उक्त रकम कोरोना रोकथाम र नियन्त्रणमा खर्च गरिने नगर प्रमुख पदम बहादुर बोहराले बताए ।

संस्थाको सहयोग प्रति नगरपालीकाले धन्यवाद व्यक्त गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।