मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुठिना टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न

गुठिना टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न


अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ गुठिना टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिका वडा नं. ६ ले संचालन गरेको टोल स्वास्थ्य शिविर सोमबार नवाँगाउ टोलमा सम्पन्न भएको हो ।

लकडाउ अर्थात बन्दाबन्दीमा रहेका वालिका ,महिला र जेष्ट नागरिकका लागी वडा कार्यालयको समन्यमा स्थानिय स्वास्थ्य संथाका प्रमुख स्वास्थ्यकर्मि र जनप्रतिनिधीको सहभागीतामा स्वास्थ्य मापदण्डको पालना गरेर स्वास्थ्य शिविर संचालन भैररेको छ।

आज नवाँगाउ टोलका ५ जना बालवालिका ७ जना पेष्टनागरीक र ६ जना अन्य २ गरी २० जना विरामिको उपचार गरिएको शहरी स्वास्थ्य किलिनिक ठुलासैनका ईन्चार्ज मिना रावल भण्डारीले बताइन् ।

शिविरमा सामान्य जरो, पखाला , रुघा खोकी टाउको दुख्ने लगायतका लक्षण भएका विरामीको उपचार गरिएको भन्थान सामुदायिक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताए ।

शिविरमा आएका सबैलाई बडा अध्यक्ष जनकराज भण्डारीले कोरोना बाट र अन्य रोगबाट बच्न सरसफईमा र खानपिनमा ध्यानदिन अनुरोध गरे । शिविर बुधवार वडाको सिराडी मुल्लासैन टोलमा संचालन गरिने भएको वडा अध्यक्ष भण्डारीले वताए ।