मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका पदाधिकारी बैठक बस्दै

कांग्रेसका पदाधिकारी बैठक बस्दै


काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान पदाधिकारी बैठक बस्ने बताए। पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक राखेका हुन्।

गत शुक्रबार १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका देउवा प्रधानमन्त्री नियुक्त भएका थिएनन्।

प्रधानमन्त्रीमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले पनि दावी गरेका थिए। दुवैको दाबी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन्।

तर कांग्रेसहित विपक्षी ५ दलले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन्। संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा दलहरूले विरोध गरेका हुन्।

आफूलाई बहुमत सांसदको साथ रहेको र प्रतिनिधि सभाबाटै वैकल्पिक सरकार गठन हुन सक्ने स्थिति रहेको भन्दै देउवासहित विपक्षी गठबन्धनका १४६ सांसद सोमबार सर्वोच्च अदालत गएका थिए।