मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ह्युमानिटी फाउण्डेण्सनद्वारा अछामका २ अस्पताललाई १०/१० थान अक्सिजन सिलिन्डर प्रदान

ह्युमानिटी फाउण्डेण्सनद्वारा अछामका २ अस्पताललाई १०/१० थान अक्सिजन सिलिन्डर प्रदान


अछाम : अक्सिजन नपाएर मृत्यु भईरहेका कोरोना संक्रमितहरुको जीवनका रक्षाका लागि निशुल्क अक्सिजन अभियान सचालन गर्दै आएको ह्युमानिटी फाउण्डेण्सन नेपालले अछामका २ अस्पतालहरुलाई १०/१० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।

गैर आवासीय नेपाली संघ अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान सङ्गै जोडिएर फाउन्डेसनले जिल्लाको बयलपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनलाइ अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको हो।

उक्त सामाग्री बयालपाटा अस्पतालमा डा. मन्दिप पाठक र जिल्ला अस्पतालमा डा. सोनाली बास्कोटालाई हस्तान्त्रण गरिएको छ ।

उक्त सामाग्री प्रदान गर्न समाजसेबी हिक्मत थापा, अफ्रिका , अमेरिका , मलेशिया र कतारका गैर आवासीय नेपाली, जुपु मिलन केन्द्र काठमाडौं , ह्युमानिटी फाउन्डेसन धनगढी, अछामका पुव प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग , पत्रकार दिर्घराज उपाध्यायको सहयोग तथा समन्वय रहेको छ।

अक्सिजन लगायतका सामग्री अछाम पठाउनका लागि सहजिकरण तथा व्यावस्थापनमा नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष एवंम वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले गरेका थिए।

सुदूरपश्चिमका सरकारी अस्पतालहरुलाई निशुल्क अक्सिजन प्रदान गर्दै आएको फाउण्डेसनले कोरोना संक्रमितहरुलाई अक्सिजन बैंक मार्फत निशुल्क अक्सिजन पनि उपलब्ध गराउदै आएको छ ।

अक्जिन सिलण्डिर सहित अन्य सामाग्री प्रदान गर्न सहयोग गर्ने सबैलाई जिल्लाका दुबै अस्पतालले बिरामीको उपचारमा ठुलो टेवा पुग्ने भन्दै धन्यवाद दिएका छन् ।