मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले भने : महामारीका बेला सडकमा जाँदैनौं, अदालतले न्याय दिन्छ

देउवाले भने : महामारीका बेला सडकमा जाँदैनौं, अदालतले न्याय दिन्छ


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको बताए । देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा भने नजाने बताए ।

१४९ जना सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दावी गरे पनि राष्ट्रपतिले केही सांसदको समर्थन दोहोरो परेको भन्दै नियुक्ति दिन अस्वीकार गरेकी थिइन् ।

देउवाले सांसदको हस्ताक्षरमा विश्वास नलागे परीक्षण गर्नुपर्नेमा संसद विघटनलाई सहज बनाइदिएको दावी गरे । ‘यदि विश्वास नलागे राष्ट्रपतिले मान्छे बोलाएर हो कि होइन भन्न सक्नुहुन्थ्यो’ उनले भने

राष्ट्रपतिले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा साथ दिन नहुने देउवाले बताए । ‘राष्ट्रपतिजस्तो मान्छेले, प्रधानमन्त्रीले भनेको मान्न हुन्थेन, प्रधानमन्त्रीले त ग¥यो ग¥यो, राष्ट्रपतिले गर्न हुन्थेन’ उनले भने ‘त्यसैले हामी अदालत गएका छौं, मलाई विश्वास छ अदालतले न्याय गर्छ ।’

प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक हस्तक्षेप गरेर मुलुकमा राजनीतिक संकट पैदा गरेको देउवाले बताए ।

उनले महामारीको समयमा सडक आन्दोलनमा भने नजाने बताए । ‘अहिले कोरोनाका कारण सडकमा जान सकिएको छैन, यस्ता बेलामा झन् कोभिड फैलिन्छ, त्यो अपराध गर्नुहुन्न, हाम्रो पनि मानवीय दायित्व हुन्छ’ उनले भने ‘त्यसैले मैले जनतामा नजाऔं भनेको छु ।’