मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेय विजयी

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेय विजयी


काठमाडौं– लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी भएका छन्। उनी विपक्षी गठबन्धनका उम्मेदवार हुन्।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन्। यो भनेको ४ हजार १४० मतभार हो।

पराजित सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले भने प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्। यो भनेको ३ हजार ६१२ मतभार हो। निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो।