मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिवेशनकाे संशाेधित कार्यतालिका पारित

कांग्रेस महाधिवेशनकाे संशाेधित कार्यतालिका पारित


काठमाडौं- नेपाली कांग्रेसको संशोधित कार्यतालिका पारित भएको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।

‘भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पारित भएको छ,’ डा महतले भने, ‘संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँ/नगर र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नुपर्ने भएको छ।’

यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्नुपर्ने भएको छ। 

यसअघि असार ५ मा वडा, ७ मा गाउँ/नगर, साउन १ मा प्रदेशसभा क्षेत्रीय, साउन ३ मा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र साउन ६ मा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन कार्यतालिका थियो। महाधिवेशन भने भदाै ७ देखि सुरु गर्ने कार्यतालिका थियाे।

बैठकले महाधिवेशनका लागि असार मसान्तभित्र क्रियाशील सदस्यताको विषय टुङ्गो लगाउन क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशनसमेत दिएको छ। बैठकले लोकतन्त्र र संविधान पक्षधर अन्य शक्तिलाई पनि आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउने निर्णय गरेको छ।