मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिनेत्री भेट्न ९०० किलोमिटर यात्रा

अभिनेत्री भेट्न ९०० किलोमिटर यात्रा


कर्नाटक । कतिपय प्रशंसक आफ्नो मनपर्ने कलाकारको एक झलक मात्रै पाउनका लागि जे पनि गर्न तयार हुन्छन् । दक्षिण भारतीय अभिनेत्री रश्मिका मण्डनाका एक प्रशंसकले पनि उनलाई भेट्न यस्तै केही गरेका छन् ।

एक प्रशंसक रश्मिकालाई भेट्न भन्दै ९०० किलोमिटरभन्दा टाढाको यात्रा तय गरेर आए । अभिनेत्रीलाई भेट्नकै लागि ती व्यक्ति तेलंगानादेखि कर्नाटकको कोडागाउँसम्म आएका हुन् ।

तर, यति लामो यात्रा तय गर्दा पनि उनले आफ्नो मनपर्ने अभिनेत्रीलाई भेट्न पाएनन् । आकाश त्रिपाठी नामका प्रशंसक गुगल सर्च गर्दै त्यहाँसम्म पुगेका थिए । उनले ठाउँठाउँमा अभिनेत्रीको निवासबारे सोधपुछ गरेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

त्यसपछि प्रहरीले ती व्यक्तलाई कोडागाउँ अहिले ‘लकडाउन’मा रहेको र अभिनेत्री पनि चलचित्र छायांकनका लागि मुम्बई गएकोले भेट सम्भव नहुने भन्दै तेलंगाना फर्काएको इन्डियन एक्सप्रेसले जनाएको छ ।