मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालको सेवा सुबिधामा कमी हुन नदिन प्रतिबद्ध छौँ : सभापती स्वाँर

अस्पतालको सेवा सुबिधामा कमी हुन नदिन प्रतिबद्ध छौँ : सभापती स्वाँर


नेपाल मेडिकल एसोसिएशनद्धारा बयलपाटा अस्पताललाई १ थान अक्सिजन कन्सन्टेटर सहयोग ‘

अछाम । नेपाल मेडिकल एसोसिएशन काठमाण्डौँले बयालापाटा अस्पताललाई एक थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको छ । एसोसिएशनले अस्पताललाई निशुल्क रुपमा एक थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको हो ।

नेपाली कांग्रेस अछामका सभापति एवंम पूर्व जिविस सभापती भरत कुमार स्वाँरको पहलमा एसोशिएसनले अक्सिजन कन्सन्टेटर बयालपाटा अस्पतालाई प्रदान गरेको छ । उक्त उपकरण शुक्रबार सभापती स्वाँरले बयालपाटा अस्पताललाई हस्तान्त्ररण गरे ।

अक्सिजन कन्सन्टेटर अस्पताललाई हस्तान्त्ररण गर्दै सभापती स्वाँरले यतिबेला सबै क्षेत्रको सहयोगको खाँचो रहेको भन्दै सहयोग गर्न आग्रह गरे । केही पालिकाले बजेट समेत बिनियोजित गरेका छन् सभापती स्वाँरले भने आर्थिक सहयोग जुट्ने र जुटाउने क्रम जारी रहेको छ ।

अस्पतालको सेवा सुबिधामा कमि हुन नदिन आफु र आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनले त्यसैगरी जनताको सेवामा क्रियाशिल हुन स्वास्थ्यकर्मीलाई अनुरोध गरे ।

सामाग्री हस्तान्त्ररण कार्यक्रममा महाधिबेशन प्रतिनिधी अर्जुन ताम्राकार, दतिल संघका अध्यक्ष टक्कर ताम्राकार, नेविसंघका नेता उमेश कुवँर लगायतको सहभागीता रहेको थियो ।