मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री बन्ने प्रस्ताव आएको माधव नेपालको खुलासा

प्रधानमन्त्री बन्ने प्रस्ताव आएको माधव नेपालको खुलासा


काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पछिल्लो समय आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका छन् ।

शनिबार नयाँ बानेश्वरमा विपक्षी पाँचदलीय गठबन्धनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो खुलासा गरेका हुन् । तर, गठबन्धनलाई धोका नदिने उनको भनाइ छ ।

“माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो,” उनले भने, “तर, माधव नेपाल धोका दिने मान्छे होइन ।”

प्रधानमन्त्रीको प्रस्ताव कोबाट आएको भनेर उनले प्रष्ट शब्दमा खुलाएनन् । तर, उनको संकेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षपट्टि थियो ।

उनले आफू कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेको भन्दै गठबन्धनलाई धोका नदिने स्पष्ट पारे । ओलीले आफूलाई धेरैपटकको धोका दिएको उनले उल्लेख गरे ।