मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओलीले अदालतलाई धम्क्याउन थालेका छन् – दाहाल

केपी ओलीले अदालतलाई धम्क्याउन थालेका छन् – दाहाल


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अहिले अदालतलाई धम्क्याउन थालेको बताएका छन्। पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा उनले ओलीले अदालतलाई समेत धम्क्याउन थालेको बताएका हुन्।

‘संसद पुनर्स्थापना हुनुपर्छ शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनैपर्छ’, उनले भने, ‘१४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ ।’ उनले ७६(५) मा सांसदहरुलाई ह्विप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको भन्दै संसद विघटन हुन नदिनका लागि उक्त व्यवस्था राखिएको बताए ।

‘अदालतले संविधानअनुसार नै निर्णय गर्छ । केपी ओलीले अदालतलाई धम्क्याउन थालेका छन्, कहिले महान्यायाधिवक्तामार्फत् कहिले आफै’, दाहालले भने, ‘सर्वोच्चले संविधान, ऐन कानून र लोकतन्त्रका मूल्य मान्यताअनुसार नै फैसला गर्छ केही दिनपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ।’

अर्को प्रशंगामा दाहालले आफूले राजा राम्रो भनेको नभई व्यंग्यात्मक शैलीमा आफ्नो भनाइ राखेको बताए। ‘राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनिदैछ’, उनले भने, ‘मैले राजाभन्दा बढी हुन खोज्नु भएन भन्न पो खोजेको हो नि। राजा ल्याउनुपर्यो भनेर भनेको हो त होइन नि।’

कोरोना भाइरस रोकथाम र नियन्त्रण तथा बाढी पहिरो प्रभाावितको राहत र उद्धारमा सरकारले ध्यान दिन नसकेको भन्दै उनले पार्टी पंक्तिका तर्फबाट पनि काम भइरहेको बताए। ‘मुद्दामा आधारित भएर गठबन्धन बनाएका हौं। अहिले शेरबहादुर देउवाजीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका छौं,’ उनले भने।

प्रधानमन्त्रीका निम्ति हतारो कसैलाई नभएको भन्दै बारम्बार संविधानमाथि प्रहार भएपछि अहिले गठबन्धन बनाएर देउवाजीलाई प्रधानमन्त्री बनाएर अघि बढ्न खोजेको बताए। उनले गुठी विधेयक फिर्ता नलिए सडकमा जान्छु भनेपछि ओलीले फिर्ता लिएको खुलासा समेत गरे।