मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्दैछ। बिहीबार स्थगित भएको बैठक शुक्रबार बस्न लागेको बताइएको छ। बैठक बिहीबार दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो ।

पार्टी मुख्य कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ। नेता रमेश लेखकको नेतृत्वमा बनेको सदस्यता छानबिन समितिले हालसम्मको प्रगति विवरण बैठकमा प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ। 

बैठकमा क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड बनाइने बताइएको छ। बिहीबार नेताहरूले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका थिए।