मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो आधा बुझाई

मेरो आधा बुझाई

सुदूर आज

प्रेम खड्का

“के फरक पाइस बचपनमा तलाइ बताइएको दुनिया र अहिले तैले भोग्दै गरेको दुनियामा?”
सवाल एका बिहानै बाल्यकाल ले गर्यो।
कैले भा
न नगरेकाले एकछिन त अलमल मा परे।
फेरि केही भोगेका अनि केही देखेका कुराहरु झलझल सम्झना आए।

बाल्यकाल मा मलाई बताइएको दुनिया यस्तै हो त?
सानो छदा भविष्य मा देख्ने भनेर साचेको दुनिया यहि हो त?
जसको लागि मा कौतलतापुर्वक प्रतीक्षा गरेको थिए, त्यो सन्सार यहि हो त?
यावत प्रश्नको भुमरी पछि
आफैलाई भान भयो
यो त बाल्यकाल मा वर्णन गरिएको भन्दा बेग्लै रहेछ।
के मलाई भनिएका सब झुट थिए?
पुरै झुट त हैन होला,
सायद मलाई आधा मात्र बताइएको होला।

नत्र
” जो छोरा आफ्नो बाबुको काम लाग्दैन, त्यो कसैको हुन सक्दैन।”
भन्ने हरिले नै आफ्नो बुवाको हत्या किन गर्थ्यो?
“दाइ भाउजू आमाबुवाका दोस्रो रुप हुन।”
भन्ने स्यामे ले नै अंशको निउमा आफ्नो दाइ लाई मान्छे लगाएर किन कुटाउथ्यो?
” डाक्टर भगवान हुन।”
भन्ने नेता अन्कल ले नै अस्पताल मा टोडफोड किन गर्थ्यो?
“मेरी प्राण भन्दा नि प्यारी छन मेरी बुढी।”
भन्ने धनेले नै छोरा नपाको निउ मा आफ्नी बुढिलाई जीउँदै किन जलाउथ्यो?
“गुरु नै ब्रहमा, बिष्णु, महेश्वर हुन।”
भन्ने गोट्टे दाइ ले नै शिक्षक कुट्दै किन हिड्थ्यो?
“राम्रो ग्रेड आएपछि जिन्दगी सहज हुन्छ।”
भन्ने स्नातकोत्तर उत्तिर्ण प्रा.बि. का शिक्षक ले नै आफ्नो १० हजार तलब को लागी किन प्राध्यापक को अफिस धाइरहनुहुन्थ्यो?
“बहिनीहरु लक्ष्मी की अवतार हुन्छन।”
भन्ने पल्लो गाउको दाइ ले नै आफ्नै बहिनी को बलात्कार किन गर्थ्यो?
यी त केही उदाहरण मात्र हुन। यस्तै अनेक सवाल मेरो मन मा छन।

आखिर किन बाल्यकाल मै साचो बोलिदैन?
किन बाल्यकालमा नै बास्तबिकता बताइदैन?
“सत्य बोल्नपर्छ” भन्दै बाल्यकाल मा झुट किन सिकाइन्छ?

दुनिया संग को सात्क्षात्कार पछि
आज आएर मात्र बल्ल मैले पूरा बुझ्दै छु
कि यो सबै भनाइ को पछाडि
“यो मेरो हकमा लागू हुदैन!”
भन्न लुकाइएको थियो।
अथवा
” यो अरुले गर्न हुदैन तर मैले गर्दा हुन्छ।” लाई गुप्त राखिएको थियो!