मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो !

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो !


बीबीसी । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ ।

सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।

यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका हुन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सीप्सहेडको नाम दिइएको छ । 

ह्यासट्याग सहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक संजालमा अधिक चर्चा चलेको छ ।

कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् ।