मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानको सैन्य विमानलाई उज्बेकिस्तानले ‘खसालिदियो’

अफगानिस्तानको सैन्य विमानलाई उज्बेकिस्तानले ‘खसालिदियो’


फाइल तस्बिर (राेयटर्स) : उज्बेकिस्तान र अफगानिस्तानबीचको सीमा

काठमाडौं । उज्बेकिस्तानको हवाई सुरक्षा बलले अफगानिस्तानको सैन्य विमानलाई खसालिदिएको छ । अफगानिस्तानको सैन्य विमानले अवैध रूपमा उज्बेकिस्तानको सीमा पार गरेपछि त्यसलाई खसालिएको उजबेकिस्तानको रक्षा मन्त्रालयले जनाएको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार अफगानी जहाजलाई आइतबार साँझ उज्बेकिस्तानको दक्षिणतर्फ पर्ने सोखान्दरिया प्रान्तमा खसालिएको हो । त्यसमा भएको मानवीय क्षेतिका बारेमा भने केही खुलाइएको छैन ।

आइतरबार विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँको सरकार ढलेको थियो ।