मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आव २०७७/०७८ वलिगाउ स्वास्थ्य चौकी उत्कृष्ट

आव २०७७/०७८ वलिगाउ स्वास्थ्य चौकी उत्कृष्ट


अछाम/आर्थिक बर्ष २०७/०७८ मा मंगलसेन नगरपालिका क्षेत्र भित्रमा स्वास्थ्य क्षेत्रमा थुप्रै सुचक मध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल वडा नम्बर ९ वलिगाउमा रहेको स्वास्थ्य चौकी प्रथम भएको छ ।

आर्थिक बर्ष २०७७/०७८ को समीक्षा तथा योजना तर्जुमा गोष्ठीको क्रममा बर्ष भरि गरेको कार्य सम्पादनको आधारमा नगर क्षेत्रमा बाँकी १६ वटा स्वास्थ्य संस्थालाई पछी पार्दै वलिगाउ प्रथम भएको हो ।

स्वास्थ्य क्षेत्रका २५ वटा सुचकका आधारमा सबै भन्दा बढी सुचक पार गरेको वलिगाउ प्रथम भएको हो । त्यसैगरि कालागाउ स्वास्थ्य चौकी द्धितीय, जुपु स्वास्थ्य चौकी तृतिय र बस्ती स्वास्थ्य चौकी र ठुलासेन सहरी स्वास्थ्य क्लिनीक सान्तवना भएका छन ।

त्यसैगरी यसबर्ष स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मिलाई समेत सम्मान गरिएको छ । जसमा उत्कृष्ट कार्य सम्पादन गरेकोमा बान्नातोली स्वास्थ्य चौकीमा कार्यरत प्रियंका कुशवाहा, अनमी सिमा भटराई, सेवा निवृत कार्यालय सहयोगी दाताराम भण्डारी, महीला स्वास्थ्य स्वयम सेविकाको तर्फबाट वडा नम्बर १ का पार्वती देवि रानालाई नगद पुरुस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

स्वास्थ्य संस्था तथा पुरुस्कृत हुने सबै कर्मचारीलाई नगरप्रमुख पदम बहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, सामाजिक बिकास समितीका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगांना, सुआहारा अछामका प्रमुख लोक बहादुर नेपालीले दोसल्ला, प्रमाणपत्र, प्रशंसा पत्र, नगद सहीत सम्मान गर्नु भएको थियो ।