मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि विशेष रणनीति बनाइँदै

क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि विशेष रणनीति बनाइँदै


काठमाडौं – सरकारले क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि विशेष रणनीति बनाउँदैछ। चालु आर्थिक वर्षभित्र काम सक्ने गरी ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी डिभलोपमेन्ट’ बनाउन लागेको नसर्ने तथा मानसिक रोग शाखाले जनाएको छ।

सबै किसिमको क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि भन्दै पहिलो पटक रणनीति बनाउन लागिएको शाखा प्रमुख डा फणिन्द्र बरालले बताए। 

उनले भने, ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी नेपालमा अहिलेसम्म छैन। क्यान्सरको उपचार विभिन्न अस्पतालबाट त भइरहेको छ। तर राष्ट्रिस्तरको रणनीति नभएकाले हामी त्यो बनाउन लागिरहेका छौँ।’

विभिन्न क्यान्सरको जोखिम कारक बारे जनतालाई सूसुचित गर्ने, कम गर्ने, प्रारम्भिक पहिचान र उपचार लगायतको कुरा यस रणनीतिमा समेटिने छन्। साथै क्यान्सर सम्बन्धी अध्ययन अनुसन्धानका कुराहरु पनि रणनीतिको प्राथमिकतामा परेको उनले जानकारी दिए।

उनका अनुसार रणनीति बनेपछि सरकार र नागरिक दुवैलाई फाइदा हुनेछ। उक्त रणनीतिले क्यान्सरको क्षेत्रमा सरकारलाई गाइडिङ डकुमेन्टको काम हुने उनले बताए। यसको आधारमा सरकारले बजेट बिनियोजन गरेर कार्यक्रमहरु समेत ल्याइनेछ। 

उनले भने, ‘यो वर्षको अन्त्यसम्ममा हामी क्यान्सर कन्ट्रोल स्ट्राटेजी डिभलोपमेन्ट बनाउँछौ। र अर्को वर्षदेखि यसले गरेका व्यवस्थाहरु अघि बढाउँछौँ।’