मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष बाेहराद्वारा अस्पतालकाे स्थलगत अनुगमन

अध्यक्ष बाेहराद्वारा अस्पतालकाे स्थलगत अनुगमन


अछाम : जिल्लाको मेल्लेख गाउँपालिका अध्यक्ष लाेक बहादुर बाेहरा लेमेल्लेखकाे चाैखुट्ट मा रहेको अस्पतालको अनुगमन तथा निरीक्षण गरेका छन्।

उनले १५ सैयाकाे अस्पतालको स्थलगत निरक्षण तथा अनुगमन गरेका हुन् । अस्पताललाई याे महिनाकाे अन्तिम सातादेखि संचालनमा ल्याउनका लागि आवश्यक स्रोत साधान र स्वास्थ्य सामाग्री पालिका बाट उपलब्ध गराइने अध्यक्ष बोहराले बताए।

अस्पतालकाे लागि चाहिने आवश्यक स्रोत साधान विधुत खानेपानी व्यवस्थापनकाे लगि त्यहाँका स्थानीयलाई परिचालन गरि याे साता भित्रै काम सम्पन्न गर्नुपर्ने बिषयमा पनि छलफल गरिएको छ ।

मेल्लेखका स्थानीयलाई स्वास्थ्य सेवा लिनकाे लागि टाढा जानुपर्ने बाध्यता हटाउन तत्काल अस्पतालमा एमबिबिएस डाक्टर सहित दक्ष स्वास्थ्यकर्मी बाट सबै खाले स्वास्थ्य सेवा सुचारु गरिने अध्यक्ष बाेहराले बताए ।

स्वास्थ्य सेवा छिटो सुचारु गर्न एमबिबिएस डाक्टर दिवान्सु भट्ट लगायत स्वास्थ्यकर्मी काे टाेलि अस्पतालमा व्यवस्थापन गर्न खटाइ सकेको उउनले बताए ।

अस्पताल संचालक समिति गठनका लागि १० दिन भित्र सुझाव पेश गर्न भनिएकाे समिति मार्फत सुझाव आए अस्पताल संचालक समिति पनि तत्काल गठन गरिने अध्यक्ष बाेहराल जानकारी गराए ।

यहि भाद्र २८ गते अस्पताल उद्घाटन गर्ने तयारी पनि भइरहेको बताएको छ । अस्पतालकाे दुईवटा भवन बनिसकेको र अर्को बन्ने १८ कराेड ८६ लाखकाे भवन निर्माण कार्य लागि फिल्ड कटिङकाे काम पनि तिब्रताका साथ भैरहेको अध्यक्ष बाेहराकाे भनाइ छ ।