मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखमा कृषकलाइ बिउबिजन र स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री वितरण

मेल्लेखमा कृषकलाइ बिउबिजन र स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री वितरण


अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा वाक नेपाल द्वारा ११ जना कृर्षक लाइ पलास्टिक टेनल बिउ बिजन र स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री सहयाेग गरिएको छ।

मेल्लेख गाउपालिकामा वाक नेपाल र वल्र्ड भिजनकाे साझेदारीमा संचालित उत्थान शिल जिबिकाे पार्जन तथा पाेषण परियाेजना अन्तर्गत मेल्लेख गाउपालिका वडा न ५ मा ६ जना वडा न ७ मा ५जना गरि ११ जना कृर्षकहरुलाइ तरकारी खेतिका लागि पलास्टिक टेनल र बिउबिझन वितरण गरिएको हो।

जसमा प्रति व्यक्ति ६ हजार ८ सय ७५ बराबरको सामाग्री रहेको छ । अगवा कृर्षक मेल्लेख गाउपालिका ५ बिन्धेबासनिका बालाराम साउदलाइ ८६ हजार १ सय ९८ बराबरको कृषि प्रदर्शनी पलाट सहयोग गरेकाे छ।

संस्था काे काेभिड प्रतिकार्य सबलिकरण परियाेजना अन्तर्ग मेल्लेख स्वस्थ्य शाखालाई भ्याक्सिनेसन क्याम्पमा स्वास्थ्य मापदण्ड अपनाउन र व्यवस्थापन मा सहयोग पुग्ने उदश्यले ६८ हजार ७ सय ४५ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे छ। सामाग्री मेल्लेख गाउपालिकाका अध्यक्ष लाेक बहादुर बाेहरा मार्फत हस्तान्तरण गरिएकाे हाे।

सामाग्री हस्तान्तरण कार्यक्रममा वाक नेपाल उत्थान शिल जिबिकाे पार्जन परियोजना प्रशासन तथा लेखा सयाेजक इश्वर प्रसाद उपाध्याय अधिकृत आशिष उपाध्याय, सप्राेस नेपाल परियाेजना सयाेजक लाेकेश थापा, वाक नेपालका समाजिक परिचालक रमेश भुल, दिपिका वड, कर्ण कमुला मदन बिक कैलास सार्की लगायतको सहभागीता रहेको थियाे ।