मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिका भित्रका स्वास्थ्य संस्थाको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सकियो

कमलबजार नगरपालिका भित्रका स्वास्थ्य संस्थाको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सकियो


अछाम । आर्थिक बर्ष २०७७/०७८ मा स्वास्थ्यको क्षेत्रमा भएको प्रगति सहित आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक योजना तयार पार्दै कमलबजार नगरपालिका स्तरिय स्वास्थ संस्थाका बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

नगरका १० वटा वडामा रहेमा स्वास्थ्य चौकि, आधारभुत स्वास्थ्य केन्द्र, गरि १० वटा स्वास्थ्य संस्था र नगर स्वास्थ्य शाखा मार्फत सम्पादित कामको समीक्षा गरिएको थियो ।

सोही अवसरमा समग्र अछामको स्वास्थ्य क्षेत्रको प्रगती, वर्तमान चुनौती र उद्देश्यको बारेमा स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटकराज ढुगांनाले जानकारी गराएका थिए ।

सबै स्वास्थ संस्थामा सिमित स्रोत साधन तथा जनशक्तिको अभावको बिचमा पनि गुणस्तरीय स्वास्थ सेवा प्रदान गरिएको कमलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख चक्र बहादुर बिष्टले बताए ।

समापन कार्यक्रममा बोल्दै कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्टले कमलबजार नगरपालिकाले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरेको हुदा स्वास्थ्य क्षेत्रमा अब राम्रो उपलब्धि आउनुपर्ने बताए ।

यस आर्थिक बर्षमा राम्रो नतिजा ल्याउन सफल भएका सबै स्वास्थ्य संस्थालाई बधाई दिदै आगामी दिनमा अझै राम्रो काम गर्दे जानुपर्ने बताए ।

योजना र्तजुमा गोष्टि कार्यक्रममा कमलबजार नगरपालिका कार्यबाहक निमित्त प्रमुख प्रसासकिय अधिकृत महामल घटाल, कमलबजार नगरपालिका जन स्वास्थ्थ अधिकृत चक्र बहादुर बिष्ट, कमलबजार नगरपालिका हेल्थ अससिस्टेन टेक बहादुर बिष्ट, १० वटै वडाका वडा अध्क्षयहरु कार्यपालिका सदस्यहरु १० वटै वडाका स्वास्थ्थ इनचाजहरु बिभिन्न संघसस्थाका प्रतिनिधिहरु, सुआहारा अछामका प्रमुख सेत बहादुुर भुल, महिला तथा बालबालिका प्रम्ख डम्बरा ढुगाना, पोषणका दुर्गा सिजापति बिष्ट, रेडियो कमलबजारका पबित्रा खड्का, कमलबजार प्रथमिक स्वास्थ्थ केन्द्रका प्रिति भट्ट लगाएतको सहभागता रहेको थियो ।

साथै १० वटै वडाका स्वास्थ्थ इन्चार्ज र बिभिन्न संघसस्थाका प्रतिनिधिहरुलाइ दोसल्ला ओडाएर अबिर लगाई सम्मान पत्रले सम्मान पनि गरिएको थियो । समापन कार्यक्रमको सञ्चालन अनमि र्पावती बीसी चलाउनेले गरेकी थिईन् ।