मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट सेना फिर्ता गर्ने कदमको बचाउ

अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट सेना फिर्ता गर्ने कदमको बचाउ


बीबीसी/अलजजिरा । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको बचाउ गरेका छन् ।

सेना फिर्ती तालिबान सत्तामा आउने कारक बने पनि राष्ट्रपति बाइडनले उक्त कदमलाई ‘सबैभन्दा उत्तम निर्णय’ भन्दै बचाउ गरेका हुन् ।

तालिबान सत्तामा आए पनि राष्ट्रपति बाइडनले आफ्नो अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडनले त्यहाँ बसिरहनुको अर्थ नभएको बताए । 

अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर बाइडनले देशभित्र र साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ । उनले तालिबान शासन छल्न अफगानिस्तानबाट बाहिरिन चाहने १ लाख २० हजारभन्दा बढी मानिसहरूलाई हवाइ उद्धार गरेकोमा सेनाको प्रशंसा गरे । तालिबानले भने आफूहरूको जित भएको भन्दै खुसी मनाइरहेका छन् ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलाको जिम्मेवारी लिएको अलकायदाको आधार देश भएको भन्दै अमेरिकी नेतृत्त्वको गठबन्धन सेना अफगानिस्तान प्रवेश गरी तालिबान शासनलाई अन्त्य गरिदिएको थियो । 

मंगलबारको सम्बोधनमा बाइडनले अफगानिस्तानमा रहेका र अमेरिका जान चाहने करिब २०० मानिसहरूको उद्धार गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।