मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शाहीको उपचारको लागी काङ्ग्रेस बिरपथद्वारा आर्थिक सहयोग

शाहीको उपचारको लागी काङ्ग्रेस बिरपथद्वारा आर्थिक सहयोग


अछाम । नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका वडा ६ नम्बर वडा कार्यसमीती बिरपथले एकजनालाई आर्थिक सहयोग गरेको छ ।

यही भदौ ५ गते रुख बाट खसेर मेरुदण्ड भचिनुका साथै दुबै खुट्टा नचल्ने अवस्थामा पुगेका वडा ६ नम्बर निवासी नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य तप्त बहादुर शाही लाई उपचार खर्चको लागि सहयोग गरेको हो ।

वडा कार्यसमितिले ३० हजार आर्थिक सहयोग गरेको काङ्ग्रेस युवा नेता दिपेन्द्र शाहले जानकारी दिए । शाहि अहिले नेपालगन्ज शिक्षण अस्पतालमा भर्ना छन । आर्थिक अभावको कारण उपचार हुन् सकिरहेको छैन ।

यसै बीच हिजो सम्पन्न वडा अधिवेशनले नयाँ कार्य समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।