मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगर सभापतिमा युवा नेता शाहको उम्मेद्धारी

साँफेबगर नगर सभापतिमा युवा नेता शाहको उम्मेद्धारी


अछाम । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिरमा ९ बाट तोकिएको छ । लामो समयको रस्साकस्सी पछि हुन लागेको महाधिवेशनको आरम्भ भाद्र १८ गते देखी वडा अधिवेशन भएको छ ।

अछाम जिल्लामा वडा सभापति र कार्य समिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । नगर कार्य समितिको महाधिवेशन नजिकिए सँगै नगर सभापतिको नेतृत्वका आकंक्षीहरुले धमाधम उम्मेद्धारी घोषणा सुरु गरेका छन् ।

यसै बिच नेपाली काँग्रेस साँफेबगर नगर कार्य समितिका सभापतिका लागी युवा नेता चेतमान विक्रम शाहले उठ्ने सङ्केत गरेका छन् । भदौ २७ गते हुने नगर अधिवेशनमा आफू सभापतिको लागि उम्मेद्धारी दिने तयारी गरेको शाहले जानकारी दिए ।

सङ्गठन लाई चुस्त दुरुस्तका साथै सङ्गठन चलायमान बनाउन आफ्नो उम्मेदवारी रहेको युवा नेता चेतमान विक्रम शाहले बताएका छन् । नगरमा काँग्रेसको सङ्गठन बलियो बनाउन र सङ्गठन सुदृढ पार्न, कार्यकर्तालाई क्रियाशील बनाउन र सङ्गठन निर्माणमा सक्रिय बनाउन सभापतिको पदमा उम्मेद्धारी रहने उनले बताए ।

अब पार्टी भित्रका गलत प्रवृत्तिका विरुद्ध लड्दै नगरमा पार्टीलाई पहिलो बनाउने बाहेक मेरो अरू कुनै लक्ष्य नरहेको उनले बताएका छन् । नगर बासी सबैले आफूलाई साथ दिने अपेक्षा गरेको उनको भनाई छ । सभापतिको उम्मेद्धार शाह युवाहरू माझ लोकप्रिय मानिएका छन् ।

कक्षा १० मा पढ्दै गर्दा नेविसंघ हुँदै पार्टीको राजनीतिमा सक्रिय शाह भलिबल खेलका राष्ट्रिय खेलाडी समेत हुन् । उनले स्थानीय, क्षेत्रियदेखी राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै कयौँ प्रतियोगिता जिताएका समेत छन् ।

नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीको लागि नेपाली काँग्रेस जुटेको छ ।

नेपाली काँग्रेसका नगर/गाउँ अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।