मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुवाको सम्झनामा खड्काले गरे छात्रवृति कोषको स्थापना

बुवाको सम्झनामा खड्काले गरे छात्रवृति कोषको स्थापना


अछाम । जिल्लाको साँफेबगर नगर पालिका वडा नम्वर १० स्थित घुघुरकोट माध्यमिक विद्यालयमा सोमबार स्यानीय लक्ष्मण खड्काले आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना गरेका छन् ।

जेर्हेन्दार, अतिबिपन्न वर्गका बिद्यार्थीलाई केहि राहत होस् भन्ने उदेश्यका साथ बुवा काशीराम खड्काको नाममा दुई लाख ५१ हजार १ सय १ राशीको छात्रवृति कोषको स्थापना गरेका हुन् ।

कोषको लक्ष्मण खड्काले एक कार्यकर्मका बिचमा घोषणा गरे | कोषका संस्थापक लक्ष्मण खड्का कार्यक्रममा बोल्दै भने मैले कखरा पढेको यो बिद्यालयको माया र यहाँ अध्यन गर्ने गरिब जेहेन्दार बिद्यार्थीहरुलाई केहि राहत होस् भन्ने उदेश्यले यो सानो प्रयास गरेको हु |

खड्का नेपाल सरकारका सेवानिबृत उपसचिब (प्रमुख जिल्ला अधिकारी ) हुन भने हाल लोकसेवा आयोग सुदुरपश्चिम प्रदेश सदस्य हुन |

स्थापना गरेको कोषको प्राप्त ब्याजबाट प्रत्येक वर्ष एसइइमा सबै भन्दा बढी अंक प्राप्त गर्ने १ जना र दलित बिद्यार्थीहरु मध्यबाट प्रथम हुने १ जना जेहेन्दार बिद्यार्थीलाई पुरस्कृत गरिने छ |

बिब्यस अध्यक्ष शंकर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हर्क बहादुर कुँवर गोबिन्द रहेका थिए । बिशिष्ठ अतिथि लक्ष्मण खड्का र वडा अध्यक्ष लाल बहादुर खड्का, प्रकास शाह, जंग बिक, कर्ण खड्का, शिव खड्का, ललित बोगटी, विएस ओड, बालाराम भाट, बेतालमाडौँ माबिका प्रधानाध्यापक धर्मेन्द्र शाह, बास्मती भुल, हस्त भुल, लगायत समाजसेबी,बुद्धिजिबी अभिभावकहरुको उपस्थिति रहेको थियो |

कार्यक्रममा स्वागत खड्क कुँवरले गरे भने संचालान प्रअ टिकाराम थापाले गरेका थिए |