मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीय साइतमा

कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीय साइतमा


काठमाडौं- नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनको उद्घाटन ज्योतिषीय साइतमा गर्ने भएको छ। 

काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए। 

‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले हेरिदिएको हुँ, उनले भने, ‘शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको छ।’  महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभ योगको संयोग पारेर समय निर्धारण गरिएको उनले बताए।

महाधिवेशन उद्घाटन पञ्चाङ्गअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको ज्योतिष रिजालले बताए। उनका अनुसार महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग पनि रहेको छ।