मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरका एक्ला नक्षत्र देउवा

सुदुरका एक्ला नक्षत्र देउवा


राम अविरल बिष्ट 

देउवा ती ब्यक्ति हुन जसले पश्चिम नेपालका कठिन भुगोलहरु पैतालाले नापेका छन् ! कर्णालीको पानी खाएका छन् ! 

कयौं पटक भासुको भिरमा आफ्ना पिरहरु देउडा मार्फत गाईरहेकि दिदिबहिनीका शब्दहरुमा बहकिएका छन् ! राज्य सत्ता भन्दा निकै पर टुकिको उज्यालोमा कखरा पढिरहेका नानीहरुको बाध्यता बुझेका छन्  ! बम्बै जाने बम्मे दाजुहरुका दुखहरु बुझेका छन् ! 

मलाई मेरो वुबाले भनेको याद छ, “जब गाउँमा मान्छेहरु कँङ्गेशको नाम लिन डराउँने गर्थे, त्यस्तो कठिन परिस्थितिमा कँङ्गेशको सँगठन बिस्तारको लागि महिनौ हिडेर गाउँ – गाउँमा पुगेर विपिबादको पाठ सिकाउँदै हिड्ने गर्थे देउवा !”  

यि तिनै तन्नेरी देउवा थिए, जो पश्चिम नेपालमा लोकतन्त्रको बीउ छर्ने एक्लो कमान्डर थिए ! र आज यी तिनै बृद्द देउवा हुन जो देशि बिदेशी जाल झेल र षड्यन्त्रका बिच भिष्म उभिएका छन् !

परिवारवादलाई फेरि एकपटक निस्तेज पारेका छन् ! ग्राउन्डमा राजनीति बलियो भए कसैले केही लछार्न सक्दैन भन्ने कुरालाई पुष्टि गरेका छन् !

फेरि एकपटक सुदुरका एक्ला नक्षत्र चम्किएका छन् र हामी सबैलाई हौसला प्रदान गरेका छन् ! 

हार्दिक बधाई तथा शुभकामना हामी सबैका प्रिय देउवा दाइ !