मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवालाई कार्यकाल सम्झाउँदै शेखर कोइरालाले भने, पार्टी पहिलेजस्तो बेथितिले चल्न दिदैनौँ

देउवालाई कार्यकाल सम्झाउँदै शेखर कोइरालाले भने, पार्टी पहिलेजस्तो बेथितिले चल्न दिदैनौँ


नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्छु, राम्रो काम गरेर सोच्न बाध्य बनाउनेछौँ 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी पहिलेजस्तो बेथितिले चल्न नदिने बताएका छन् । काठमाडौंमा बुधबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चारवर्षे हो । चारवर्षे कार्यकालको सफलताको कामना छ । यो आन्तरिक लडाइँ हो । स्वस्थ प्रतिष्पर्धाबाट विजयी हुनुभएको हो ।

जसरी पहिलो कार्यकाल साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।” उनले आफू पराजित भएपनि यसलाई स्वाभाविक भएको पनि बताए ।

“निर्वाचन भएपछि कोही जित्छ कोही हार्छ । मैले यसलाई स्वाभाविकरुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । कसले के गर्‍यो, किन गर्‍यो भन्ने चिन्ता पनि छैन,” उनले भने, “अब गाउँघरमा बस्दा ढुक्कले म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ ।

म निरन्तर तपाईंहरुको घर दैलोमा पुग्नेछु । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्नेछौँ । भागबण्डा र गुटबन्दीमा लाग्दैनौँ । हामीले हाम्रो काम गर्दै जानेछौँ । उहाँहरुलाई राम्रो काम गरेर सोच्न बाध्य बनाउछौँ ।”