मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सधैँ ‘जवान’ रहिरहन अनेकौँ स्वस्थकर फाइदा भएको डाबरको च्यवनप्रास

सधैँ ‘जवान’ रहिरहन अनेकौँ स्वस्थकर फाइदा भएको डाबरको च्यवनप्रास


काठमाडौं । च्यवनप्रास आयुर्वेदले व्यापक रुपमा सिफारिस गर्दै आएको अनेकौँ पोषणतत्वहरु युक्त जाम हो । यसका अनगिन्ती स्वस्थकर फाइदा छन् ।

च्यवनप्रासलाई प्राचीन समयमा दुईजना ऋषिले अन्य जेष्ठ साधुहरुको जवानी पुनःस्थापित गर्न विशेष जडिबुटी मिसाएर बनाएको कम्पनी बताउँछ । यो प्राचीनकालका ४० जटिबुटीलगायत तत्वहरुको मिश्रण हो । 

यसलाई सीधै खान सकिन्छ या तातो दुध अथवा तातो पानीमा मिसाएर पिउँदा पनि हुन्छ । वयश्कका लागि यो दिनको दुईपटक एक–एक चम्चा खाँदा पर्याप्त हुन्छ । 

यसमा हामीले बिहान खालि पेटमा र खाना खाइसकेको ३० मिनेटपछि गरी दुईपटक सेवन गर्न सक्छौँ । त्यस्तै बच्चाहरुका लागि समेत यो एकदमै स्वस्थकर हुन्छ । उनीहरुलाई चाहिँ आधा आधा चम्चा दिनको दुईपटक खुवाउँदा ठीक हुन्छ ।

यसकारण पनि च्यवनप्राश लामो समयदेखि नै शक्ति र प्रतिरोधात्मक क्षमता बढाउनका लागि प्रख्यात खाद्य वस्तु हो । यसले बूढो हुने प्रक्रियालाई समेत सुस्त पारिदिने, स्मरण शक्ति कायम राख्ने, मुटुका लागि फाइदाकारक र पाचन अनि स्वास प्रस्वास प्रणालीमा समेत सुधार ल्याउन सक्छ । 

च्यवनप्राशमा पाइने जडिबुटीयुक्त तत्वले हाम्रो शरीरमा ‘हेमोग्लोबिन’ को उत्पादन बढाउँछ भने यसमा व्याप्त अमलाको गुणले रगत, कलेजो, फोक्सो सफा गर्ने काम गर्दछ । यदि निरन्तर सेवन गरिरहने हो भने यसले हामीमा युवापन कायम राख्न र मांसपेसीलाई बलियो बनाइराख्न ठूलो मद्दत पुर्याउँछ । त्यस्तै यसले पाचन प्रणालीमा समेत अधिक प्रभाव पार्दछ । यसकारण पनि बच्चादेखि बूढासम्म सबैका लागि च्यवनप्राश अत्यन्तै लाभदायक र खानैपर्ने चिज बनेको छ । 

यसमा प्रमाणित रुपमा भिटमिन सी र ‘एन्टिअक्सिडेन्ट्सहरु’ हुने हुँदा फोक्सोको गतिविधिमा सुधार ल्याउनुका साथै, खोकी लागेको या दम, टीबी भएकाहरुलाई छिटै राहत दिलाउन पनि मद्दत गर्दछ ।

त्यस्तै प्रजनन् स्वास्थ्यका लागि पनि यो उत्तिकै फाइदाजनक हुन्छ । पोषणतत्व युक्त डायट भएकाले यसले हाम्रो छालालाई समेत प्राकृतिक चमक दिलाउन मद्दत गर्दछ । विशेषगरी जाडोयाममा छाला सुख्खा हुने समस्या हुन्छ । तर च्यवनप्राशले शरीरका लागि खराब ‘टक्सिन्स’ बाहिर निकाल्न मद्दत गर्ने हुँदा छाला स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यता स्मरण शक्तिलगायत दिमागी क्षमतामा पनि यसले उल्लेखनीय सुधार ल्याउन सक्छ । 

यति मात्र नभएर कोभिड–१९ बाट निको हुनका लागि पनि च्यवनप्राशको भूमिका महत्वपूर्ण बन्न सक्ने भारतमा आधारित अध्ययनले देखाएको छ । यसमा नियमित च्यवनप्राश सेवन गर्नेहरुमा कोरोनाको गम्भीर संक्रमण हुने खतरा च्यवनप्राश नखानेहरुको तुलनामा १२ प्रतिशत कम रहेको पत्ता लागेको हो ।

त्यस्तै आयुर्वेदिक रिसर्चले पनि च्यवनप्राश नियमित खाने गर्नुले कोभिडका कारण गम्भीर बिरामी हुनबाट जोगाउन सक्ने बताएको छ । यो रिसर्च गत वर्ष सञ्चालन गरिएको थियो । यसकारण पनि विशेषगरी जाडोयाममा इम्युनिटी बढाउनका लागि च्यवनप्राश अत्यन्तै स्वस्थकर खानेकुरा हुनेछ ।