मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वप्रकाश शर्मा : कक्षा ९ मा पुलिस कस्टडीदेखि कांग्रेस महामन्त्रीसम्म

विश्वप्रकाश शर्मा : कक्षा ९ मा पुलिस कस्टडीदेखि कांग्रेस महामन्त्रीसम्म


काठमाडौं । विद्यार्थी जीवनबाट नै राजनीतिमा होमिएका विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बन्न सफल भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतगणनानुसार उनी महामन्त्रीमा निर्वाचित भएका हुन् ।

शर्माले वि.सं. २०४० सालमा कक्षा ८ मा अध्ययन गर्दा नै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) धुलावारी स्कुलको सभापति बनेका थिए । २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बनेका शर्मा पार्टीको प्रवक्ता हुँदै महामन्त्री बनेका छन् । ५१ वर्षीय शर्मा प्रखर वक्ताका रुपमा चिनिन्छन् ।

यस्तो छ उनको राजनीतिक यात्रा–
जन्म – २०२७ पुस ६ गते, धुलावारी
२०४० – ८ कक्षा पढ्दा नेविसंघ सभापति, धुलावारी स्कुल
२०४१ – ९ कक्षा पढ्दा पुलिस कस्टडी
४३–४५–  मेची क्याम्पस नेविसंघ सभापति
२०४७ – नेविसंघ झापा सभापति
२०४८ – नेविसंघ केन्द्रीय सदस्य
२०५३ –  नेविसंघ महामन्त्री
२०५७ – नेविसंघ केन्द्रीय सभापति
२०६७ – झापा जिल्ला सभापतिमा पराजित
२०७० – संविधान सभामा पराजित
२०७४ – प्रतिनिधिसभा सदस्यमा पराजित
२०७२ – कांग्रेस केन्द्रीय सदस्य
२०७४ – पार्टी प्रवक्ता
२०७८ – महामन्त्री (नवनिर्वाचित)