मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सहमहामन्त्रीमा तीनजना निर्वाचित : कसको मत कति ?

कांग्रेस सहमहामन्त्रीमा तीनजना निर्वाचित : कसको मत कति ?


काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्रीको मतपरिणामपछि आज तीन सहमहामन्त्रीको मतपरिणाम निर्वाचन समितिले घोषणा गरेकाे छ । 

निर्वाचन समितिका अनुसार आज कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

कसको कति मत? 

महिलातर्फ 

उमेदवारका नामप्राप्त मत
महालक्ष्मी उपाध्याय२५३३
कमला पन्त२१०५

दलिततर्फ

उमेदवारका नामप्राप्त मत
जीवन परियार२२१२
मानबहादुर विश्वकर्मा २१७५
गंगा सुनार२३२

आदिवासी जनजातितर्फ

उमेदवारका नामप्राप्त मत
भीष्मराज आङ्देम्बे२७११
विकास लामा१९१२