मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हालसम्म ४७ प्रतिशतभन्दा बढीले लगाए कोरोनाविरुद्धकाे पूर्ण खोप

हालसम्म ४७ प्रतिशतभन्दा बढीले लगाए कोरोनाविरुद्धकाे पूर्ण खोप


काठमाडौं- नेपालमा लक्षित जनसंख्याको  ४७ दशमलब ५ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।

सरकारले १ करोड ९९ लाख २२ हजार १६४ लक्षित जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। तीमध्ये ५९ दशमलब १ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३ करोड ३२ लाख ९० हजार ३३० डोज खोप आइसकेको छ। त्यसमध्ये २ करोड १२ लाख ३८ हजार ६२३ डोज खोप लगाइसकिएको छ।  जसमध्ये १ करोड २० लाख ५१ हजार ७०७ खोप बाँकि रहेको छ। 

सरकारले पुस ४ गतेदेखि ५७ जिल्लाका करिब १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउँदै छ। १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र राखेर खोप अभियान संचालन गर्ने सरकारलको तयारी छ।