मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसारकै सबैभन्दा धेरै खुट्टा भएको जीव भेटियो !

संसारकै सबैभन्दा धेरै खुट्टा भएको जीव भेटियो !

सुदूर आज

सीएनएन । ‘मिलिपेड’ भन्ने प्रजातिको जीव धेरै खुट्टा हुनका लागि प्रख्यात छ । यो न जीवाणु हो न यसलाई किरा भन्न सकिन्छ । 

ल्याटिनमा यसको नामको अर्थ नै हजारौँ खुट्टा हो तर अहिलेसम्म पनि हजारवटा खुट्टा भएको जीव कहिँ कतै फेला पारिएको थिएन । 

यस्तोमा वैज्ञानिकहरुले हालैमात्र वेस्टर्न अष्ट्रेलियामा एक खोजका क्रममा १ हजार भन्दा बढी १,३०६ खुट्टा भएको मिलिपेड फेला पारेका हुन् । पृथ्वीमा जिवित कुनै पनि जीवका यति धेरै खुट्टा छैनन् । 

त्यहाँ यसलाई जमिन मुनि ६० मिटरको गहिराइमा बसिरहेको अवस्थामा फेला पारिएको हो । यसको लम्बाइ चाहिँ ९.५ सेन्टिमिटर रहेको छ । 

भर्जिनियाको एन्टोमोलोजी विभागका प्रोफेसर पल मरेक भन्छन्, “यो हेर्दा कुनै सेतो सर्टबाट धागो निकाले जस्तो देखिन्छ । तर आश्चर्यजनक त्यो धागोका हजार खुट्टा छन् । ”

यसको खुट्टालाई ‘एडोब इलस्ट्रेटर’ मार्फत प्रत्येक खुट्टालाई कलर कोड दिएर तीन पटकसम्म ध्यानपूर्वक गन्ती गरिएको थियो । अध्ययनकर्ता मेरेक भन्छन्, “मलाई यो काममा एक घण्टा भन्दा बढी समय लाग्यो । ”

तरपनि पहिलोपटक मिलिपेडले आफ्नो नामको अर्थ राखेको भन्दै वैज्ञानिकहरुले उत्साह जनाएका हुन् ।