मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा हाल सम्म ४ हजार मतदाता नामावली सङ्कलन

अछाममा हाल सम्म ४ हजार मतदाता नामावली सङ्कलन

प्रारम्भीक चरण सकिन लाग्दा पनी नयाँ दर्ता गर्नेहरुको भिँड सकिएन


प्रारम्भीक चरण सकिन लाग्दा पनी नयाँ दर्ता गर्नेहरुको भिँड सकिएन

अछाम : फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यक्रमले तिव्रता पाएको छ । अछाम जिल्ला भरी हाल सम्म करिब ४ हजार भन्दा बढी नयाँ दर्ता भएका छन ।

निर्वाचन कार्यालय अछामले दिएको जानकारी अनुसार प्रारम्भिक चरणमा करिब ५ हजार मतदाता दर्ता हुने आकलन गरिएको छ । मंसिर १७ गते यता ६ गते सम्म निर्वाचन कार्यालयको तथ्याकंमा ३ हजार ३ सय १ जनाको दर्ता भएको पाइन्छ ।

नयाँ तथा छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय इलाका प्रशासन कार्यालय बाट बाँकी रहेका नामावलीको संकलन कार्यलाई निरन्तरता दिने जिल्ला निर्वाचन कार्यालय अछामका सहायक निर्वाचन अधिकृत गजेन्द्र नारायण चौधरीले जानकारी दिए ।

कार्यक्रमको प्रारम्भिक चरण सकिदा पनी नयाँ दर्ता गर्नेहरुको भिँड सकिएको छैन । निर्वाचन आयोगले पनी अनुभवी टोली नपठाएको कतिपय मतदाताहरुको गुनासो छ । केहि दिन देखि आफ्ना निर्वाचन कार्यालयहरुमा नाम दर्ता गराउनेहरुको भिडभाड भइरहेको देखिन्छ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता नामावली सङ्कलन कार्य देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट भइरहेको छ । पञ्चदेवल विनायक नगरपालिकामा पनि मंसिर २८ गते देखी पूस ८ गते भित्र सम्पन्न हुने गरी नामावली सङ्कलन भइरहेको छ ।

हाल सम्म ९ वटा वडाको संकलन कार्यले तिब्रता पाइरहँदा करिब १ हजार भन्दा बढीले दर्ता गरेका छन भने कतिपय बाँकी रहेका छन । ७ गते मात्रै ६८ जना महिला र ६५ जना पुरुषको गरि जम्मा १ सय ३३ जनाले नयाँ मतदाता नामावली बनाएका निर्वाचन समितीका कर्मचारी लक्ष्मण बिष्टले जानकारी दिए । पञ्चदेवल विनायक नगरपालिकामा आजका मात्रै ५० जती दर्ता गर्न बाँकी रहेका छन । लामो प्रकृयाका साथ तयार पारिने भोटिङ लाइसेन्स संकलन कार्यमा निर्वाचन समितीलाई समेत चुनौती थपिएको छ ।

सुचनाको कार्यतालिका अनुसार वडा नम्वर १ कुइका र २ विनायकका नयाँ मतदाताहरुको संकलन कार्य मंसिर २८ र २९ गते, ३ विनायक र ४ कालिकास्थानको पौष १ र २ गते, बारला र कालेकांडाको पौष ३ र ४ गते,तोली र पुल्लेतोलाको ५ र ६ गते र लयाँटीको पौष ७ गते फोटो सहितको नया मतदाता नामावली संकलन गरिने कार्यतालिका सकिए पनी दर्ता प्रकृया भने सकिएको छैन ।

पौष ७ गते वडा नम्वर ५ लयाँटीका नयाँ मतदाताको नामावली संकलन गर्रे कार्य तालिका रहेको थियो । लयाँटीको कार्यतालिका अनुसार बाँकी रहेका अन्य वडाहरुको समेत दर्ता गर्न आज पनि निर्वाचन कार्यालय पञ्चदेवल विनायक नगरपालिकालाई भ्याइ नभ्याई भएको छ । बाँकी रहेका सम्पुर्ण वडा लगायत अन्य नामावली ८ गते पनि संकलन गरिने भएको छ ।

सुचनामा उल्लेखित विवरण सहित सहभागी भई फोटो सहितको मतदाता नामावली संकलन कार्यमा सहयोग गरिदिन निर्वाचन कार्यालय अछामले जनाएको छ । नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा कतिपय युवा पुस्ता आफ्नो क्षेत्र भन्दा बाहिर रहे पनि आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउँने गरि देशका जुनसुकै ठाउँबाट मतदाता नामावली बनाउने व्यावस्था रहेको आयोगले जनाएको छ ।

सहयोग र सहजीकरण गर्न राजनीतिक दल लगायत सबैमा अपिल गरे पनि निर्वाचन आयोग आफैलाई फोटो सहितको मतदाता नामावली संकलन कार्यमा भने असहज देखिएको छ ।