मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीको महाधिवेशनमा को–को पुगे ? (तस्बिरहरू)

माओवादीको महाधिवेशनमा को–को पुगे ? (तस्बिरहरू)


काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू सहभागी भएका छन् ।

महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल पुगेका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि पुगेका छन् ।

जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ति शाही, नेकपा (माले)का महासचिव सीपी मैनाली, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झालगायत नेताहरू उद्घाटन समारोहमा अतिथिका रूपमा पुगेका छन् ।

थप तस्बिर हेर्नोस्–